close

त्रिवेणीमा लेखा तथा जिन्सी व्यवस्थापन सम्बन्धी तीन दिने तालिम

त्रिवेणीमा लेखा तथा जिन्सी व्यवस्थापन सम्बन्धी तीन दिने तालिम

Trulli
ADVERTISEMENT

रोल्पा । त्रिवेणी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीलाई तालिम सञ्चालन गरेको छ। गाउँपालिकाको आयोजनामा नगरभित्र सञ्चालनमा रहेका विद्यालयका कर्मचारीका लागि तालिम सञ्चालन गरिएको हो । 

गाउँपालिकाको अनुसार  पालिकाभित्रका माध्यमिक र आधारभूत विद्यालयका प्रधानाध्यापक तथा सहायक कर्मचारीका लागि लेखा तथा जिन्सी व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएके हो । 

तालिम फागुन १ गतेदेखि ३ गतेसम्म गाउँपालिकाको बहुउद्देश्यीय सभाहल जुगार सञ्चालन हुने छ ।

  प्राथमिक तहका  प्रधानाध्यापक तथा सहायक कर्मचारीलाई यस अघि नै  तालिम दिई सकेको शिक्षा शाखाले जनाएको छ  ।