close

आबूखैरेनीमा जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने

आबूखैरेनीमा जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने

Trulli
ADVERTISEMENT

तनहुँ । आबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्नेए निर्णय गरेको छ । आइतबार बसेको  गाउँ कार्यपालिकाको बैठकले  सो निर्णय गरेको जनाइएको छ । निर्णय अनुसार  गाउँ ।पालिकाका जनप्रतिनिधिहरु सबैले आगामी शैक्षिक सत्र (२०८० साल) देखी आफना बालबच्चा हरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको हो । 

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नको लागि कार्यपालिकाले सो निर्णय गरेको हो । उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम भएकोले बन्द हुने अवस्थामा पुगेको बताए । 

गाउँपालिकामा हाल ३५ वटा सामुदायिक ४३००  र ८ वटा निजी विद्यालय ३५०० विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको ध्यान आकर्षण गर्नको लागि जनप्रतिनिधिको सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरिएको उनले पालिकाखबरलाई बताए । 

'जनप्रतिनिधिले सामुदायिक विद्यालयमा पढाएपछि अभिभावकको विश्वास जित्न सकिन्छ,' उनले भने, 'जनताको विश्वास जितेर सामुदायिक विद्यालयलाई जीवन्त राख्न सो निर्णय गरिएको हो ।' 

उनका अनुसार ३५ मध्ये २१ वटा सामुदायिक विद्यालयमा ३० जनाभन्दा कमी विद्यार्थी अध्ययरत छन् । भने, दुई वटा विद्यालय विद्यार्थी नभएकै कारणले बन्द भइसकेको छ ।

उनले पालिकाले सामुदायिक विद्यालयको शिक्षाको सुधार गर्ने नीति लिएको उनले बताए । सोका लागि विद्यालयको सिकाईको गुणस्तरमा वृद्धि, भौतिक संरचना निर्माण र शिक्षकको दरबन्दी कायम गर्ने योजना रहेको उनले सुनाए ।

शिक्षक दरबन्दी अपुग भएकोले पालिका स्वयम्को लगानीमा शिक्षक दरबन्दी पुरा गरिने उनले बताए । शिक्षाको सुधारको लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्दै आएको अध्यक्ष चुमानले बताए ।