close

उच्च शिक्षा अध्ययन गर्नको लागि छात्रवृत्ति

उच्च शिक्षा अध्ययन गर्नको लागि छात्रवृत्ति

Trulli
ADVERTISEMENT

सिन्धुली । गोलन्जोर गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै  छात्रवृत्ति वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप उच्च शिक्षा अध्ययन गर्न चाहने स्थानीय बासिन्दालाई छात्रवृत्ति वितरण गर्न लागेको हो । विपन्न, जेहेन्दारल दलित तथा पीछडिएका व्यक्तिलाई सो कार्यक्रममा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताए । 

उनका अनुसार आर्थिक अभावले उच्च शिक्षा अध्ययन गर्न नपाएका विद्यार्थीहरुका लागि पालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । कार्यक्रमको लागि पालिकाले चालू आर्थिक वर्षमा ४ लाख रुपैयाँ विनियोजन गरेको बताए । 

उनले न्यूनतम २५००० रुपैयाँको दरले छात्रवृत्तिको व्यवस्था गरिने बताए । कार्यक्रममा सहभागी हुनका लागि आवश्यक कागजातसहित पालिकाको शिक्षा शाखामा आवेदन दिनुपर्ने उनले बताए ।