close

कक्षा आठसम्म स्थानीय पाठ्यपुस्तक बनाउने तयारीमा वीरेन्द्रनगर

कक्षा आठसम्म स्थानीय पाठ्यपुस्तक बनाउने तयारीमा वीरेन्द्रनगर

Trulli
ADVERTISEMENT

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गरेर अध्ययन गराइरहेको छ । वीरेन्द्रनगरका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले अन्य पुस्तकसँगै आफ्नै पालिकाको बारेमा जानकारी पाइने पुस्तक पढिरहेका छन् । 

कक्षा ८ सम्म कै स्थानीय पाठ्यपुस्तक निमांण गर्ने अभियानमा नगरपालिका शिक्षा शाखा प्रमुख रामलाल आचार्यले जानकारि दिए। उनको अनुसार कक्षा ४ र ५ को किताब लेखनको काम भइरहेको छ। 

अहिले कक्षा १ देखि ३ सम्मको ‘हामी र हाम्रो वीरेन्द्रनगर’ नामक पुस्तक पालिकाले प्रकाशनमा ल्याएको उनले बताए । ‘पालिकाको व्यापार, पर्यटन, पर्यावरण, यहाँको रीतिरिवाजलाई समेटेर किताब प्रकाशनमा ल्याएका छौं,’ उनले भने, ‘अर्को शैक्षिक सत्रबाट १ देखि ८ कक्षासम्मका विद्यार्थीहरूले स्थानीय पाठ्यपुस्तक पनि पढ्न पाउनेछन् ।’