close

आँबूखैरेनीमा प्राविधिक शिक्षालय बनाइँदै

आँबूखैरेनीमा प्राविधिक शिक्षालय बनाइँदै

Trulli
ADVERTISEMENT

 तनहुँ । आँबूखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्न लागेको छ । प्राविधिक शिक्षा अध्ययनको लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य गर्नको लागि पालिकाले प्राविधिक शिक्षालय स्थापना गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार आधारभूत तथा माध्यमिक तहको पढाईपछि पालिकाभित्रै प्राविधिक तहको अध्यापनको व्यवस्थाको लागि शिक्षालय स्थापना गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार प्राविधिक शिक्षालय स्थापना गर्नको लागि आवश्यक बजेट  चालू आर्थिक वर्षमा विनियोजन गरिएको छ ।  

प्राविधिक शिक्षालय स्थापना गर्नको लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको र सोही अनुसार अगाडी बढ्दै गएको उनले बताए । उनले शिक्षालय निर्माणको लागि जग्गाको व्यवस्थापनका साथै स्थापनाको कार्य अगाडि बढेको बताए । 

गाउँपालिका क्षेत्रमा प्राविधिक शिक्षालयको स्थापना भएसँगै अध्ययनको लागि अन्यन्त्र जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास उनको छ ।