close

बुहारीलाई पढाउँदै वडा सरकार

बुहारीलाई पढाउँदै वडा सरकार

Trulli
ADVERTISEMENT

मकवानपुर । थाहा नगरपालिकाको वडा नम्बर ४ ले बुहारीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बुहारीको उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो । 

वडाका वडाध्यक्ष नारायण लामाका अनुसार वडाभित्र स्थायी रुपमा बस्दै आएका आएका ५ जना बुहारीलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । उनले कक्षा १२ र स्नातक तह अध्ययन गर्न चाहने बुहारीलाई  छात्रवृत्ति प्रदान गर्न लागेको बताए । 

'विवाह भएपछि आर्थिक अभावले अध्ययन गर्न नपाएका हुन्छन् । विपन्नताले गर्दा केही बुहारीले बीचमै पढाई छाड्न बाध्य भएका हुन्छन्,' उनले भने,'उनीहरुको राहतको लागि र पढाईलाई निरन्तरता दिनको लागि वडा कार्यालयले सो कार्यक्रम सञ्चालन गरेको हो ।'

उनले नगरपालिकाभित्रका १२ वटा वडामध्ये ४ नम्बर वडा कार्यालयले मात्रै सो कार्यक्तम सञ्चालन गर्न लागेको बताए । कार्यक्रमको लागि आवश्यक बजेट वडा कार्यालयले नै व्यहोर्ने उनले सुनाए । 

कार्यक्रममा सहभागी हुन चाहने बुहारीले सम्बन्धित शैक्षिक संस्थाको सिफारिस, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र विवाहदर्ताको प्रतिलिपीसहित वडा कार्यालयमा आवेदन दिन सक्ने उनले पालिकाखबरलाई बताए ।