close

कक्षा ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गर्दै ललितपुर

कक्षा ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गर्दै ललितपुर

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले कक्षा ३ सम्म स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउने भएको छ । महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ३ सम्म स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउन लागेको हो । 

महानगरपालिका भित्रका विद्यालयमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम निर्माण गर्दै आएको छ । सोही पाठ्यक्रमलाई पठनपाठन गर्न सहज गर्नको लागि महानगरपालिकाले पाठ्यपुस्तक लागू  गर्न लागेको हो । 

महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख महेन्द्र बहादुर क्षेत्रीका अनुसार सो पाठ्यपुस्तक अनिवार्य रुपमा लागू गर्न लागेको हो ।  महानगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक लगायत विविध पक्षलाई समेटेर पाठ्यपुस्तक निर्माण गरिएको उनले बताए । 

उनले कक्षा ४ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम एक पटक निर्माण गरिने बताए । सोका लागि महानगरपालिकाले आवश्यक तयारी गर्दै आएको उनको भनाई छ । 

महाशाखा प्रमुख क्षेत्रीका अनुसार पालिकाले नेपाल भाषामा स्थानीय पाठ्यपुस्तक लागू गर्नको लागि हो । पालिकाका विद्यालयमा जापानीज, कोरियनलगायतका भाषा अध्ययन गराउँदै आएको उनले बताए । 'नेपाल भाषा पनि लागू गर्न गाह्रो नहोला,' उनले भने, 'मातृभाषा प्रयोग गर्नेलाई सजिलो हुन्छ । गैर नेवारलाई मात्रै केही समस्या हुने हो । त्यो पनि बेसिक कुरा मात्रै समेटेको छ । सहज हुन्छ होला ।'

उनले सामुदायिक विद्यालयमा नेपाल भाषाको लागि शिक्षकको व्यवस्था भएको बताए । संस्थागत विद्यालयले स्वयम् शिक्षकको व्यवस्था गर्ने उनको जिकिर छ ।