close

नियमविपरित पोशाक र किताब बेच्दै महानगरका विद्यालय

नियमविपरित पोशाक र किताब बेच्दै महानगरका विद्यालय

Trulli
ADVERTISEMENT

काठमाडौँं । काठमाडौं महानगरपालिकामा नीजि शैक्षिक संस्थाले नियमविपरित किताब र पोशाक बेच्दै आएको पाइएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै विद्यालयले पालिकाको कानुन बमोजिम किताब र पोशाक बेच्ने गरेको जनाएको हो । 

संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ को विपरितमा रही पोशाक र किताब विक्रि गर्दै आएको महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह(बालेन) ले बताए । उनले विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आएको बताए । 

निर्देशिकाले विद्यालय आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री विक्रि गर्न नपाउने, विद्यालयबाट निर्धारित पोशाक कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनु पर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था गरेको छ । 

'कतिपय विद्यालयले विद्यार्थी तथा अभिभावकलाई विद्यालयमै पोशाक र स्टेशनरी खरिन गर्न बाध्य पार्ने गरेको भन्ने गुनासो बारम्बार आएकोले सम्बन्धित विद्यालयलाई सो निर्देशन पालन गर्न अनुरोध गरेको छ,' सो सूचनमा उल्लेख गरिएको छ, 'नियम उल्लघंन गरेमा कानुन बमोजिम कारबाही गरिने र सोको जवाफदेही सम्बन्धित प्रिन्सिपल नै हुनुपर्ने छ ।' 

महानगरपालिकाले सम्बन्धित विद्यालयलाई चैत १७ गते नै परिपत्र गरेको हो ।