close

शैक्षिक सुधारको लागि कार्यशाला

शैक्षिक सुधारको लागि कार्यशाला

Trulli
ADVERTISEMENT

काठमाडौं । तारकेश्वर नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक सुधारसम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाले शिक्षा शाखाको आयोजनामा तारकेश्वर पालिका क्षेत्रभित्रको  गोष्ठी सम्पन्न भएको हो ।

 कार्यक्रमको उदघाटन गर्दै तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउन सकिएमा मात्र समग्र तारकेश्वरको विकासमा सहयोग पुग्ने बताए । 

उनले  तारकेश्वरको शिक्षाको गुणस्तर वृद्धिमा सामुदायिक विद्यालयहरुबाट साथ, सहयोग र भूमिका महत्वपूर्ण रहनेमा विश्वास व्यक्त गरे ।तारकेश्वर नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्दै तारकेश्वर विश्वविद्यालय सम्मको सपना देखेको बताउँदै उनले शिक्षामा गुणस्तरीयता बढाउने बिषयमा नगरपालिका सदैव साथमा रहेको बताए । 

कार्यशाला नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, नगर शिक्षा समितिका सदस्यहरु तथा परीक्षा समितिका सदस्यहरु, तारकेश्वर नगर प्याब्सन र ऐनप्याब्सनका प्रतिनिधिहरु, शिक्षा विज्ञहरुको उपस्थिति रहेको जनाइएको छ ।  ।