close

मलंगवामा कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा

मलंगवामा कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा

Trulli
ADVERTISEMENT

सर्लाही। मलंगवामा नगरपालिकाले पहिलो पटक कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको छ । उक्त कक्षामा दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई नगरपालिकाले ग्रेड बृद्धिको परीक्षा यही वैशाख ११ र १२ गते सञ्चालन गरेको हाे। परीक्षामा अङ्ग्रेजी, नेपाली, गणित, सामाजिकसहित मुख्य पाँच विषय समावेश गरिएको थियो ।

परीक्षमा पाँच सामुदायिक र तीन निजी विद्यालयका तीन सय २९ विद्यार्थी सहभागी थिए । उक्त परीक्षाको नतिजा वैशाख १७ गतेसम्म प्रकाशन गरिने तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए। सिकाइमा गुणस्तर कायम गर्न कक्षा ८ कोग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको र यसमा पनि  अनुत्तीर्ण होइएला कि भन्ने डरले विद्यार्थीमा पढ्ने बानी बस्ने उनको भनाइ थियो । 

केन्द्रले कक्षा १० को पुरक परीक्षा लिएझैँ त्यसअनुरुप स्थानीय तहले पनि दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीलाई ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए।

यस किसिमको परीक्षाबाट विद्यालयमा शिक्षाको अभिवृद्धि एवम् गुणस्तर प्रवद्र्धन गर्न सहयोग पुग्ने जनाइएको छ  ।  ग्रेड वृद्धिको परीक्षा पनि उत्तीर्ण गर्न नसक्ने विद्यार्थीले फेरि त्यही कक्षा दोहर्याउनु पर्ने भएको छ । शिक्षामा गुणस्तर सुधार्न ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको नगरप्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिए। आउने दिनमा कक्षा ५ का लागि  पनि परीक्षा सञ्चानल गरिने उनले बताए। 

विद्यालयका शिक्षकलाई जिम्मेवार बनाइने र विषयगत दरबन्दी मिलान पनि चाँडै गरिने पनि नगरप्रमुख यादवले बताए। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (ज) को उपखण्ड (१४) बमोजिम कक्षा ८ को परीक्षा अनिर्वायरूपमा स्थानीय तहले लिनुपर्ने व्यवस्था छ ।