close

विद्यालय भवन हस्तान्तरण

विद्यालय भवन हस्तान्तरण

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन  हस्तान्तरण गरिएको छ । विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको हो । 

करिव रु एक करोड २७ लाख ८० हजार लागतमा सो विद्यालय भवन पुनःनिर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए । 

 गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले  बेथानचोकको शैक्षिक गुणस्तर माथि उकास्न उच्च प्राथमिकता दिएको बताए। उनले शैक्षिक सुधारको लागि गाउँपालिकाले घुम्ती शिक्षक अभियान सञ्चालन गरेको बताए । 

सहयोगी सस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले शैक्षिक गुणस्तर वृद्धि गर्न सामूहिक प्रयासको खाँचो औल्याए ।  बेथानचोक – ५ का वडाध्यक्ष राजकुमार वाइबाले शिक्षक  अभावका कारण गुणस्तरीय शिक्षा समस्या प्रदान गर्न समस्या परेको दुःखेसो व्यक्त गरे ।