close

कुनैपनि राजनैतिक दलका कार्यक्रमहरु विद्यालयभित्र सञ्चालन नगर्न निर्देशन

कुनैपनि राजनैतिक दलका कार्यक्रमहरु विद्यालयभित्र सञ्चालन नगर्न निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाले कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रमहरु विद्यालयभित्र सञ्चालन नगर्न निर्देशन दिएको छ । 

महानगरले बुधबार एक सुचना जारी गर्दै उक्त निर्देशन दिएको हाे। सुचना अनुसार महानगरभित्र सञ्चालित केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनैतिक दल र यसका भातृ संगठनका कार्यक्रम सञ्चालन गरेका प्रमाणसहित उजुरी परेको छ । यसप्रति महानगरको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ। 

महानगरको अनुगमनको क्रममा त्यस्ता कार्यक्रम सञ्चालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कारबाही हुने सो सुचनामार्फत चेतावनी दिइएको छ।