close

शिक्षामा गरिएको सार्वजनिक लगानीको प्रतिफल मापन अनुसन्धान गर्दै राप्ती

शिक्षामा गरिएको सार्वजनिक लगानीको प्रतिफल मापन अनुसन्धान गर्दै राप्ती

Trulli
ADVERTISEMENT

दाङ ।  राप्ती गाउँपालिकाले शिक्षामा गरिएको सार्वजनिक लगानीको प्रतिफल मापन अनुसन्धान गर्न लागिएको छ। गाउँपालिकाले जिल्लामै पहिलो पटक साे अनुसन्धान गर्न लागेकाे हाे । 


गाउँपालिकाले बिहिवार सामुदायिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुसंग पालिकाको सभाहल मसुरीयामा अनुसन्धान लागि संकलन गरिने तथ्याङ्कको सन्दर्भमा अन्तर्क्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न गएको छ।

गाउँपालिकाको आर्थिक सहयोग तथा सञ्चार चौतारी, दाङको सहजीकरण समन्वयमा सम्पन्न भएको छलफल कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरु लाई समाधान गर्न र आगामी दिनहरूमा आवश्यक पर्ने निति, नियम तथा विभिन्न योजनाहरु बनाउन यस कार्यक्रमले थप टेवा पुग्ने बताए ।

त्यस्तै उनले सामुदायिक विद्यालयहरुमा राज्यले लगानी गरे अनुरुप  शिक्षामा रुपान्तरण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै शिक्षक, विद्यार्थी र अभिभावकहरुले आ आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नु पर्ने कुरामा जोड दिए ।