close

शैक्षिक सुधारको लागि विद्यालयमा सप्ताह

शैक्षिक सुधारको लागि विद्यालयमा सप्ताह

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरीमा विद्यालय सुधारका लागि भागवत सप्ताह लगाइने भएको छ । वागेहिणी माध्यमिक विद्यालयमा भागवत सप्ताह महायज्ञ लगाइने भएको हो । 

विद्यालयमा शैक्षिक सुधार एवं निःशुल्क गुणस्तरीय शिक्षा दिने उद्देश्यले वैशाख १७ गते देखि २५ गते सम्म भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको जनाइएको छ । विद्यालयमा अँग्रेजी माध्यमबाट पठान पाठन गराउनुका साथै निःशुल्क विद्यालय बस सेवा विस्तारका लागि विद्यालयले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको हो । 

सामुदायिक विद्यालयमा पठन पाठन गर्न आउने विद्यार्थी भनेका निम्न वर्गका मात्र रहेको अवस्थामा उनीहरूले विद्यालय बस भाडा लगायतका कुनै पनि शुल्क तिर्नु नपरोस् र निजी विद्यालयमा जस्तै अङ्ग्रेजी माध्यमबाट पठन पाठन गर्न पाउन भनी विद्यालयले सप्ताह लगाउन लागेको आयोजकले जानकारी दिएका छन् । 

सप्ताहको तयारी पुरा भएको आयोजक मूल समारोह समितिले जानकारी दिएको छ । सामुदायिक विद्यालय सुधार एवं सामुदायिक विद्यालय प्रति अभिभावको विश्वास बढाउन पनि सप्ताहले ठुलो मद्दत मिल्ने आयोजकले जानकारी दिएका छन् ।