close

जनप्रतिनिधि  र कर्मचारीका सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना

जनप्रतिनिधि  र कर्मचारीका सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना

Trulli
ADVERTISEMENT

गुल्मी । छत्रकोट गाउँपालिकाले कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ । गाउँपालिकाले पालिकाभित्रका सबै व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन दिएको हो । 

बैशाख १७ गते बसेको गाउँपालिका शिक्षा समितिको बैठकले कर्मचारी, शिक्षक र जनप्रतिनिधिको सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका शिक्षा शाखाका प्रमुख टीकाराज आचार्यका अनुसार पालिकाभित्रको सामुदायिक विद्यालयको शिक्षाको सुधार गर्नको लागि सो निर्णय गरेको हो । 

उनले गाउँपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको र निजी विद्यालयको विद्यार्थीको संख्या बढ्दै गएपछि सो निर्णय गरेको बताए । कर्मचारी, शिक्षक र जनप्रतिनिधि शिक्षित अभिभावक हुने भएकोले सो निर्णय गरिएको हो । 

अभिभावकलाई जवाफदेही र उत्तरदायीको भूमिकामा राखेर विद्यालयको शैक्षिक स्तर उकास्नको लागि गाउँपालिकाले सो निर्णय गरेको उनको भनाई छ । उनका अनुसार गाउँपालिकामा ४४ वटा सामुदायिक र ३ वटा निजी विद्यालयमा ५३०० जना विद्यार्थी अध्ययनरत छन् । 

गाउँपालिकाभित्रका अधिकांश बालबालिका गुणस्तरीय शिक्षाको बाहिरी पालिका तथा जिल्लाका विद्यालयमा अध्ययन गर्न जाने गरेको उनले पालिकाखबरलाई बताए ।