close

शुक्रबार अतिरिक्त कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई निर्देशन

शुक्रबार अतिरिक्त कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई निर्देशन

Trulli
ADVERTISEMENT

सिन्धुली। सुनकोशी गाउँपालिकाले शुक्रबार अतिरिक्त कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई अनुरोध गरेको छ। गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै प्रत्येक शुक्रबार प्रतिभा प्रस्फोटन गर्न विद्यालयस्तरिय सह तथा अतिरिक्त कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो। 

गाउँपालिकाको अनुसार कार्यपालिकाको बिहिबार उक्त निर्णय गरेको हो। प्रत्येक शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरि विद्यार्थीको प्रतिभा प्रस्फोटन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

शुक्रबार चित्रकला तथा हस्तकला, वाद्यवाद्यन, नृत्य, नाटक, वक्तित्वकला, हाजिरीजवाफ, हिज्जे, खेलकुद जस्ता कृयाकलाप सञ्चालन गर्न निर्देशन दिइएको छ।