close

बाल विकास केन्द्रको सिकाईलाई प्रभावकारी बनाउँदै कुश्मा

बाल विकास केन्द्रको सिकाईलाई प्रभावकारी बनाउँदै कुश्मा

Trulli
ADVERTISEMENT

पर्वत । कुश्मा नगरपालिकाले बाल विकास केन्द्रहरुको सिकाइलाई प्रभावकारी बनाउन ३ दिने तालिमको आयोजना गरेको छ ।  नगरपालिका अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयमा रहेका ३० जना वालविकास सहजकर्तालाई तालिममा सहभागी गराइएको हो  । 

बिहिबारबाट शुरु गरिएको तालिम ६ गतेसम्म चल्ने छ । वालविकास केन्द्रका सहजकर्ता लाई पाठयक्रम विकास केन्द्रले तयार पारेको पाठयसामाग्रीको प्रयोगमा सहज होस र स्थानीय स्तरमा पनि यस्ता सामाग्री उत्पादन गर्न सहयोग पुगोस भनेर नगरपालिकाले शैक्षिक सामाग्री निर्माण तथा प्रवोधीकरण तालिम आयोजना गरेको जनाइएको छ।

नगरपालिकामा सामुदायिक विद्यालय तर्फ ६८ र संस्थागत विधालय तर्फ १४ गरि कुल ८२ वटा वालविकास सहजकर्ता रहेका छन्। पहिलो चरणमा कुश्मा नगरपालिका वडा नम्बर १ देखि ८ सम्मका वालविकास सहजकर्ता सहभागी हुनु भएको  र दोस्रो चरणमा अन्य वडाका सहजकर्तालाई तालिम दिइने छ। 

 नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख बिस्णुप्रसाद तिवारीले सरकारले आधारभुत तहदेखी १२ कक्षा सम्म निशुल्क शिक्षाको व्यवस्था गरेको भन्दै सरकारको लगानी लाई सदुपयोग गर्नुपर्ने बताए। तिवारीले उत्साहका साथ तालिममा सहभागी भएर वालविकासको शिक्षा लाई प्रभावकारी बनाउन सहजकर्ताले तत्परता देखाएकोमा खुशी ब्यक्त गरे ।  उक्त तालिमको सहजीकरण प्रशिक्षक कविता गौतम, शिक्षा शाखाका अधिकृत दिपक सुवेदी, अर्जुन पौडेल लगायतले गर्नेछन् ।