close

गणतन्त्र दिवसको अवसरमा बालबालिकालाई छात्रवृत्ति

गणतन्त्र दिवसको अवसरमा बालबालिकालाई छात्रवृत्ति

Trulli
ADVERTISEMENT

बागलुङ । बरेङ गाउँपालिकाले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा छात्रवृत्ति वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप स्थानीय बासिन्दालाई छात्रवृत्ति वितरण गरेको हो । गाउँपालिकाले अभिभावक विहिन, गरीब तथा विपन्न २० जना बालबालिकाहरूलाई  छात्रवृत्ति वितरण गरेको हो । 

गाउँपालिकाले बालबालिकालाई जनही  ५००० रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको छ । बाँकी रहेका अन्य बालबालिकालाई क्रमश वितरण गरिने गाउँपालिकाले जनाएको छ।