close

चन्द्रागिरिले बलम्बुलाई प्राविधिक शिक्षालय बनाउने

चन्द्रागिरिले बलम्बुलाई प्राविधिक शिक्षालय बनाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको  बलम्बु माध्यामिक विद्यालयमा भवन निर्माणसहित प्राविधिक शिक्षालय निर्माण र सञ्चालन गर्ने भएको छ । नगरपालिका र सोड नेपाल संस्थाको सहयोगमा विद्यालयमा सो सञ्चालन गर्न लागेको हो । 

भवन निर्माण र प्राविधिक शिक्षा सञ्चालनको लागि नगरपालिका र संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा सो सम्झौता गरेको हो । नगरप्रमुख गिरीले 'पढ्दै कमाउँदै' भन्ने अवधारणा अनुसार नगरपालिकाले सुरुवाती चरणमा बलम्बु माध्यामिक बिधालयलाई प्राविधिक शिक्षालय बनाउन लागेको र भविष्यमा अन्य विद्यालयमा पनि प्राविधिक सम्बन्धि पठनपाठन सञ्चालन गरी कक्षा १२ सकिँदासम्म विद्यार्थी सक्षम हुने बताए । 

नगरपालिकाले कायम गर्दै आएको कोरियन सरकारसंगको भगिनी सम्बन्धले पनि सो कार्यमा साथ सहयोग जुटेको हो। 'वर्ल्ड ड्रिम' नामक कोरियन संस्थाले सोड नेपाल मार्फत यस प्राविधिक शिक्षालय निर्माण र संचालनमा आर्थिक सहयोग प्रदान गर्न लागेको हो। नगरपालिकाले ३० प्रतिशत र कोरियन संस्थाले ७० प्रतिशत आर्थिक व्ययभार लिने गरी सो निर्माण कार्य संचालन हुन लागेको हो । 

नगरप्रमुख गिरीले उक्त सम्झौता अनुसार विद्यालयलाई हाल ४ वटा प्राविधिक क्षेत्रमा (मोबाइल रिपेयरिंग, इलेक्ट्रिसियन, ब्युटी पार्लर र अटोमोबाइल) अध्यापन गराइने र १२ कक्षा उत्तीर्ण हुँदा शैक्षिक प्रमाणपत्र दिइने बताए । कक्षा ९ देखि १२ का विद्यार्थीलाई उक्त प्राविधिक शिक्षाको पठन पाठन गराइनेछ।