close

वीरगन्जका विद्यालय थप एक साता बन्द

वीरगन्जका विद्यालय थप एक साता बन्द

Trulli
ADVERTISEMENT

पर्सा । वीरगन्ज महानगरपालिकाले थप एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तामतापक्रम बढ्ने क्रम जारी नै रहेकाले महानगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय थप एक साता बन्द गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले गत जेठ १७ गतेदेखि २६ गतेसम्म बिदा दिएको थियो । तर गमी बढ्दै गएकोले महानगरपालिकाले पुन एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

 तापक्रम बढ्ने क्रम रहेकोले असार एक गतेसम्म बिदा दिएको छ । सो बिदा वर्षे बिदामा कट्टा गरिने महानगरपालिकाले जनाएको छ ।