close

तिलोत्तमाका विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण

तिलोत्तमाका विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण

Trulli
ADVERTISEMENT

रुपन्देही । तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले २१ वटा सामुदायिक विद्यालयलाई ल्यापटप र प्राजेक्टर वितरण गरेको  हो । 

नगरप्रमुख खाँणका अनुसार २१ वटा विद्यालयलाई १/१ वटा प्रोजक्टर र ल्यापटप वितरण गरेको हो । उनले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो सामग्री वितरण गरेको जानकारी दिए । 

उनले आधुनिक प्रविधि अनुरुप सामुदायिक विद्यालयमा पठनपाठनमा सहज गराउनको लागि सो सामग्री वितरण गरेको जानकारी दिए । उनले  पालिकामा शिक्षालाई प्राथमिकतामा राखेर विकास निर्माणको कार्य गरेको बताए । 

पालिकाभित्र हाल ४० वटा संस्थागत र ४२ वटा सामुदायिक विद्यालयमा सञ्चालनमा छन् । नगरपालिकाले १० प्रतिशत निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।