close

छात्रावृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परिक्षाको आवेदन खुला

छात्रावृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परिक्षाको आवेदन खुला

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाले छात्रावृत्तिको परिक्षाका लागि आवेदन खुला गरेको छ। महानगरले कक्षा ११ मा छात्रावृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फारम खुला गरेको हो। बिहिबार महानगरले एक सूचना जारी गर्दै साउन १२ गतेसम्ममा छात्रावृत्तिको परिक्षाको लागि आवेदन दिन सकिने जनाएको छ। 

काठमाडौं महानगरपालिकाको वेबसाइटबाट विद्यार्थीहरुले अनलाइन आवेदन फारम पेश गर्न सक्नेछन्। 

यस्तै, छात्रावृत्तीको लागि परिक्षा साउन २० गते सञ्चालन गरिने महानगरले जनाएको छ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन, प्राविधिक लगायतका विषयको परिक्षा सञ्चालन हुनेछन्।