close

शिवराजमा सामुदायिक विद्यालयमा सन्तान नपढाउनेको करार समझौता नगरिने

शिवराजमा सामुदायिक विद्यालयमा सन्तान नपढाउनेको करार समझौता नगरिने

Trulli
ADVERTISEMENT

कपिलवस्तु– शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले पालिकाभित्र रहेका कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने कर्तव्य रहेको बताएका छन्।

शिवराज नगरपालिकाले हिउँदै अधिवेशनमा अनिवार्य तथा निशुल्क शिक्षा कार्यन्वयन गर्न बनेको ऐन २०७९ को दफा ६ बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य रुपमा आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने बताएका हुन्। 

उनले प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकाको ‘अनिवार्य तथा निशुल्क शिक्षा कार्यन्वयन गर्न बनेको ऐन २०७९’ को दफा ६ मा ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु कर्तव्य हुनेछ’ भनी उल्लेख भए बमोजिम कार्यान्वयनका लागि सूचना जारी गर्न पत्र मार्फत निर्देशन दिएका छन् ।

नगर प्रमुख थापाले पत्रमा चालु आर्थिक वर्ष २०८०/०८१ मा शिवराज नगरपालिका भित्र विभिन्न शाखामा  करारमा कार्यरत कर्मचारीहरुलाई आफ्ना सन्तान सामुदायिक विद्यालयमा नपढाए करार समझौता नगर्न समेत निर्देशन दिएका छन् । 

कपिलवस्तुका दश वटा पालिका मध्ये शिवराज नगरपालिकाले निःशुल्क शिक्षालाई प्रभावकारी ढंगले अगाडी बढाएको छ ।