close

भरतपुरले २८३ विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुरले २८३ विद्यार्थीलाई छात्रवृत्ति दिने

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाले २८३ जना विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गर्ने भएको छ । महानगरपालिकाले चालू शैक्षिक सत्रमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । 

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको अनुसार छात्रवृत्तिका लागि  आवेदन दिएका विद्यार्थीहरुबाट सो संख्या छनौट गरिएको हो । महाशाखाका   प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार संस्थागत तथा सामुदायिक विद्यालयबाट एसईई परिक्षा दिएका ५०/५० प्रतिशत विद्यार्थी छन् । 

महानगरपालिकाले छात्रवृत्तिका लागि १५ दिने सूचना जारी गरेको उनले बताए । जसमध्ये सामुदायिक विद्यालबाट ४७९ र निजी विद्यालयबाट ३४० जना विद्यार्थीले आवेदन दिएका थिए । 


जसअनुसार सामुदायिक विद्यालबाट ४७९ र निजी विद्यालयबाट ३४० जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट २८३ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट गरिएको महाशाखा प्रमुख पौडेलले बताए ।