close

प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

Trulli
ADVERTISEMENT

नुवाकोट-  तारकेश्वर गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्दै आएको विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति प्रदान गरेको हो । 

आर्थिक वर्ष २०७९/०८० को उपाध्यक्षसँग छात्रवृत्ति कार्यक्रम अन्तर्गत गाउँपालिकाले सो वितरण गरेको हो । गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमालका अनुसार गत आवमा गाउँपालिकाले ६ लाख रुपैैँया बजेट विनियोजन गरेको थियो । सोही रकमबाट ८० जना विद्यार्थीलाई चेक हस्तान्तरण गरेको उनले बताए । 

उनका अनुसार प्राविधिक शिक्षामा प्राथमिकतामा राखेर सो कार्यक्रम सञ्चालन गरेको बताए । एसइई उत्तीर्ण गरी मूलुकभरका विभिन्न शैक्षिक संस्थामा प्राविधिक शिक्षा अध्ययन गर्दै आएका स्थानीयलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए । 

८० जनालाई साढे ७ हजारका दरले छात्रवृत्ति वितरण गरेको उनले बताए । गाउँपालिका क्षेत्रमा हालसम्म कुनै पनि शैक्षिक संस्थामा प्राविधिक शिक्षा नपढाइने उनले बताए ।

प्राविधिक शिक्षा अध्यापनका लागि चालू आर्थिक वर्षमा नीति तथा कार्यक्रममा समावेश गरेको उनले बताए । चालू वर्षदेखि आवश्यक पहल गरिने उनले पालिकाखबरलाई जानकारी दिए ।