close

जीतपुरसिमराका शिक्षकले एउटै विद्यालयमा पाँच वर्ष भन्दा बढी सेवा गर्न नपाउने

जीतपुरसिमराका शिक्षकले एउटै विद्यालयमा पाँच वर्ष भन्दा बढी सेवा गर्न नपाउने

Trulli
ADVERTISEMENT

बारा–  जीतपुरसिमरा उपमहानगरपालीकाले दरबन्दी मिलानको तयारी शुरु गरेको छ । शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ लाई कार्यान्वयन गर्नेगरी उपमहानगरपालिकाले दरबन्दी व्यवस्थापनको कार्य सुरु गरेको हो ।

प्रारम्भिक चरणमा उपमहानगरले सो कार्यविधिको परिच्छेद ४ को नियम ७ को उपनियम २ र ३ अनुसार सामुदायिक विद्यालयहरुको मा.वि., नि.मा.वि. र प्रा.वि. मा कार्यरत शिक्षकहरुले एक विद्यालयबाट अर्को विद्यालयमा दरबन्दी मिलान भई जान चाहनेका लागी बाटो खोलेको छ ।

नव नियुक्त भएर आएका शिक्षकदेखी १५/२० वर्षसम्म एउटै विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्राथमिकतामा राखेर दरबन्दी व्यवस्थापन गरिने उपमहानगरका शिक्षा शाखा प्रमुख हरिस भट्टले जानकार दिए ।

उनका अनुसार २/३ वर्षदेखी सेवा शुरु गरेका शिक्षकहरुलाई पनी निवेदन दिए पायक पर्ने वा स्वेच्छिक रुपमा दरबन्दी हेरफेर गर्न सकिने र धेरै वर्षदेखी एउटै विद्यालयमा कार्यरत शिक्षकहरु पनी पायक पर्नेगरी विद्यालय हेरफेर गरिने छ । 

यसैगरी विषयगत दरबन्दी व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको भन्दै एउटै विद्यालयको एउटै तहमा समान विषयका एक भन्दा बढी दरबन्दी भए सो दरबन्दीलाई मिलान गरी विषय हेरफेर गरिने कार्यपनी प्राथमिकतामा रहेको भट्टको भनाई छ ।त्यस्तै नगरमा शिक्षकको दरबन्दी नै नभएका विद्यालयलाई पनी कम्तिमा एउटा स्थाई दरबन्दी मिलान गर्न खोजिएको छ । 

प्रारम्भिक चरणमा शिक्षकहरुले स्वेच्छिक रुपमा विद्यालय परिवर्तन गर्न पाउनेछन् । उपमहानगरपालिकाले स्वेच्छिक रुपमा विद्यालय परिवर्तन गर्न आवेदन पेश गर्न शिक्षकहरुलाई बुधबार एक सूचना समेत प्रकाशित गरेको छ । उक्त सूचना अनुसार स्वेच्छिक जान चाहने शिक्षकहरुले ५ वटा विद्यालय प्राथमिकताका आधारमा छनौट गरी निवेदन दिनुपर्ने छ ।

श्रावण १७ गतेसम्म यो व्यवस्थामा स्वेच्छिक रुपमा दरबन्दी मिलान गर्न खोजेको उपमहानगरले दोश्रो चरणमा नगरका सबै विद्यालयहरुको दरबन्दीलाई व्यवस्थापन गर्ने गरी शिक्षक हेरफेर गर्ने तयारी गरिरहेको छ ।

यता, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ अनुसार एउटै विद्यालयमा पाँच वर्षभन्दा बढी सेवा पुरा गरेका शिक्षकहरुलाई अनिवार्य रुपमा क्रमश दरबन्दी मिलान तथा व्यवस्थापन गर्ने व्यवस्थालाई पनी यसै वर्षदेखी कार्यान्वयन ल्याउन उपमहानगरले गृहकार्य गरिरहेको छ । 

उपमहानगर प्रमुख राजन पौडेलले शिक्षकहरुको मनोवल उच्च राखी सेवामा प्रभावकारीता ल्याउन तथा शिक्षकवर्गको कार्यक्षमतामा वृद्धि गर्न पाँच वर्षमा शिक्षकलाई विद्यालय परिवर्तन गर्न जरुरी रहेको बताए । 

उपमहानगरले दरबन्दी व्यवस्थापन संगै प्रधानाध्यापक छनौटको विषयमा पनी प्रधानाध्यापक संगै छलफल कार्यक्रमको आयोजना गरेको छ । प्रधानाध्यापकलाई प्रतिस्पर्धाका आधारमा छनौट गर्नै विषयमा पनी गम्भिर बनेको उपमहानगरले शिक्षा क्षेत्रलाई सुधारको केन्द्रविन्दुको रुपमा लिएको छ ।