close

रोवोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी महानगरको अभिमुखीकरण

रोवोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी महानगरको अभिमुखीकरण

Trulli
ADVERTISEMENT

काठमाडौं– सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई काठमाडौं महानगरपालिकाले रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ्को विषयमा अभिमुखीकरण थालेको छ । 

शुक्रबार भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्)मा अभिमुखीकरण सम्पन्न गरेको हो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराएको छ । 
विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । त्यसैले यसप्रकारको अभिमुखीकरण परीक्षापछिको समयमा प्रदान गरिएको हो । 
‘आज विज्ञान र प्रविधिमा आधारित जीवन शैली सञ्चालन भइरहेको छ । यसका विषयमा विद्यालय उमेरमा सिकाउन सकिएन भने विद्यार्थीहरु एक पुस्ता पछाडि पर्छन् । यसकारण पुस्तकमा भएको साध्य (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गर्न पाउने वातावरण तयार गरेका हौँ ।’ कार्यक्रमका विषयमा सहायक विज्ञ शैलेन्द्र झाले जानकारी दिए । 
झाका अनुसार कक्षामा विद्यार्थीहरुलाई विभिन्न पक्षमा जानकारी, सम्भावना र प्रतिस्पर्धी समयमा यसको प्रयोगका विषयमा जानकारी दिइएको छ । शुक्रबारको कक्षाका आधारमा विद्यार्थीहरुले आफ्नो रुचिको विषयमा नाम टिपाउँछन् । यसरी प्राप्त भएका नामका आधारमा कक्षा सञ्चालन हुनेछ । 
महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने सिपमा शिक्षा कार्यक्रमको अर्को सत्र सञ्चालन तयारीमा छ ।