close

कक्षा १२ को नतिजा ५ बजे सार्वजनिक हुने

कक्षा १२ को नतिजा ५ बजे सार्वजनिक हुने

Trulli
ADVERTISEMENT

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को नतिजा  आज साँझ ५ बजे सार्वजनिक गर्ने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्नुको लागि बोर्डको बैठक बोलाएको छ । 

मुलुकभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।