close

कालीगण्डकीमा अन्तर माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कालीगण्डकीमा अन्तर माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

स्याङ्जा– मातृभूमि सामुदायिक पुस्तकालय, कालीगण्डकी विर्घाको आयोजनामा अन्तर माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १६औं पुस्तकालय दिवसको अवसरमा ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको हो । सो प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाका ८ विद्यालयले आफ्नो सहभागिता जनाएका थिए ।

वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय बिर्घा अर्चलेकी छात्रा राधा पाण्डेय प्रथम, देउराली मा.वि का छात्र विष्णु पाण्डेय द्वितीय र जनहित मावि.की छात्रा एन्जिला रानाले तृतीय स्थान प्राप्त गरेका थिए ।

विजेताहरूलाई  कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, वडा नम्बर ४ का वडाध्यक्ष यादवप्रसाद पाण्डे, जनहित माविका प्रधानाध्यापक केशर पाण्डे क्षेत्री, पुस्तकालयका कोषध्यक्ष चुमकला पाण्डे लगायतले मन्तव्य राखे ।

कार्यबाहक अध्यक्ष हिमलाल पाण्डेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक र स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पुस्तकालयका सचिव नारायण प्रसाद पाण्डेले गरेका थिए ।