close

शिक्षक व्यवस्थापन गर्न 'अध्यक्ष शैक्षिक बेरोजगार' कार्यक्रम

शिक्षक व्यवस्थापन गर्न 'अध्यक्ष शैक्षिक बेरोजगार' कार्यक्रम

Trulli
ADVERTISEMENT

नवलपरासी - प्रतापपुर गाउँपालिकाले ‘अध्यक्ष शैक्षिक बेरोजगार कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पालिकाको शैक्षिक स्तरलाई उकास्न तथा युवालाई रोजगारी दिनको लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

सो कार्यक्रममार्फत विद्यार्थीको अनुपात नमिलेको विद्यालयमा शिक्षकको व्यवस्थापन गर्दै आएको गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले पालिकाखबरलाई बताए ।  कार्यक्रममार्फत २८ जना शैक्षिक बेरोजगारलाई अवसर दिएको उनको भनाइ छ । ‘कक्षा १२ उत्तीर्ण गरी बेरोजगार भएका व्यक्तिलाई सूचीकरण गरेर आवश्यक परेको ठाउँमा व्यवस्थापन गर्दै आएका छौँ,’ उनले भने । 

विद्यालयमा पढाएको आधारमा दैनिक ५७० रुपैयाँ पारिश्रमिक दिने गरेको उनले सुनाए । ‘जति दिन पढाउँछन् । सोही  दिनको आधारमा पैसा दिन्छौँ । विद्यालयले आवश्यकताको आधारमा उहाँहरुलाई बोलाउनुहुन्छ,’ उनले भने । कार्यक्रममार्फत गाउँपालिकाको शैक्षिक सुधार भएको उनले बताए । 

गाउँपालिकाभित्र २३ वटा सामुदायिक र ७ वटा धार्मिक विद्यालय सञ्चालनमा छन् । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको अध्यक्ष यादवले बताए । उच्च शिक्षा अध्ययन गर्ने छात्रालाई साइकल तथा छात्रवृत्तिको प्रदान गर्दै आएको उनले सुनाए ।