close

जब विद्यालयले गाउँपालिकाबाट पंखा पाए...

जब विद्यालयले गाउँपालिकाबाट पंखा पाए...

Trulli
ADVERTISEMENT

सुनसरी - बर्जु गाउँपालिकाले सामुदायिक विद्यालयमा पंखा वितरण गरेपछि नियमित रुपमा कक्षा सञ्चालन हुन थालेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा पालिकाभित्रका सामुदायिक विद्यालयमा पंखा वितरण गरेको थियो । 

गाउँपालिकाको अनुसार गर्मीयाम बढेसँगै विद्यालयको शैक्षिक क्रियाकलाप बन्द हुने समस्याकाे समाधान गर्न प‌ंखा वितरणा गरेकाे हाे । गर्मीयाममा कक्षा सञ्चालन गर्न समस्या भएको गुनासो आएपछि गाउँपालिकाले सबै विद्यालयलाई पंखा वितरण गरेको पालिकाका शिक्षा अधिकृत बाबुराम कार्कीले पालिकाखबरलाई बताए । 

'गर्मीले विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन्थ्ये । गर्मीले विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउथ्यो,' उनले भने, 'सो समस्या समाधानको लागि गाउँपालिकाले पंखा वितरण गरेको हो  । पंखा वितरण गरेपछि सो समस्या हटेको छ ।' 

गर्मीले गर्दा शैक्षिण योजना अनुसार पढाई नभएपछि पंखा वितरण गरेको उनले सुनाए । उनका अनुसार हाल गर्मीमा पनि नियमित कक्षा सञ्चालन हुन थालेको छ । 

सो कार्यक्रमको लागि गाउँपालिकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । उनका अनुसार पालिकाभित्र २५ वटा सामुदायिक, दुई वटा धार्मिक र १४ वटा निजी विद्यालय सञ्चालनमा छन् । विद्यालयको तह अनुसार १५ वटासम्म पंखा वितरण गरेको उनले बताए ।