close

शैक्षिक क्षेत्रलाई उकास्न मरिणमा शिक्षा सहजकर्ताकाे माग

शैक्षिक क्षेत्रलाई उकास्न मरिणमा शिक्षा सहजकर्ताकाे माग

Trulli
ADVERTISEMENT

सिन्धुली - मरिण गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले शिक्षा सहजकर्ता व्यवस्थापन गर्नका लागि शिक्षा सहजकर्तामा कर्मचारी माग गरेको हाे ।

गाउँपालिकाको शिक्षा शाखाका प्रास यज्ञ श्रेष्ठका अनुसार पालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि करार सेवामा सहजकर्ता माग गरेको हो । उनले पालिकाले शिक्षा क्षेत्रमा लगानी अनुसार प्रतिफल नआएपछि शैक्षिक सुधारकाे लागि कर्मचारी माग गरेकाे उनले सुनाए  ।

पालिकाभित्रकाे सामुदायिक विद्यालयको अनुगमन तथा शिक्षण सिकाई प्रयोगको लागि एक जना सहजकर्ता माग गरेको पालिकाखबरलाई जानकारी दिए। 

नगरपालिकाले भदौ २४ गते सूचना जारी गरी एकजना सहजकर्ता (अधिकृत स्तर) कर्मचारी माग गरेको हो । सूचनाका अनुसार शिक्षा सहजकर्ता व्यवस्थापन पदमा खुल्ला प्रतिस्पर्धाबाट याेग्य व्यक्ति छनाैट गरिने छ ।  योग्यता पुगेका ईच्छुक नेपालीे नागरिकले  असोज ८ गतेभित्र नगरपालिकामा आवेदन दिन सक्नेछन् ।

नगरपालिकाले नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षा सम्बन्धबाट कम्तीमा शिक्षा शास्त्रमा स्नातकोत्तर तह उर्त्तीण गरेको, कम्तीमा आधारभूत तहसम्मको कम्प्युटर सम्बन्धि ज्ञान भएको, कुनै फौजदारी अभियोग नलागेको, कम्तीमा २५ वर्ष पू्रा भई ४५ वर्ष ननाघेको, नेपाली नागरिकता, शैक्षिक तालिम तथा अनुभव सम्बन्धि प्रतिलिपि उम्मेदवारले प्रमाणित गरी दरखास्त पेश गर्नसक्ने नगरपालिकाले जनाएको छ ।

छनाैट भएका व्यक्तिले चालू आवकाे असार मसान्तसम्म कार्यअवधि रहने उनले सुनाए । उनका अनुसार गाउँपालिकाभित्र ४८ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । 

गाउँपालिकाले चालू आवमा शिक्षा क्षेत्रका लागि तीन कराेड ८४ लाख रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।