close

अवकास लिएका २७ शिक्षकलाई देउमाईकाे सम्मान- 'टाउकाेमा टाेपी'

अवकास लिएका २७ शिक्षकलाई देउमाईकाे सम्मान- 'टाउकाेमा टाेपी'

Trulli
ADVERTISEMENT

इलाम - देउमाई नगरपालिकाले सेवा निवृत्त शिक्षकलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले आगामी असोज २ गते मंलबारे बहुमुखी क्याम्पसमा सेवाबाट अनिवार्य अवकास लिएका शिक्षकलाई सम्मान गर्न लागेको हो । 

नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुपेन्द्रप्रसाद न्यौपानेका अनुसार पालिकाले २०७६ साल यता अवकास लिएका २७ जना शिक्षकलाई सम्मान गर्न लागेको हो । शिक्षकलाई सद्भाव तथा पेशाप्रति सम्मान गर्नको लागि नगरपालिकाले सो कार्यक्रम आयोजना गर्न लागेको उनले पालिकाखबरलाई बताए । 

शिक्षण पेशामार्फत समाज तथा मूलुकको लागि धेरै जनशक्ति उत्पादन गर्नुको साथै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका रहने उनले बताए । शिक्षण पेशामार्फत गर्दै आएको कामलाई आत्मसन्तुष्टीको महसुस गराउनका लागि सो कार्यक्रम गर्न लागेको उनले सुनाए । 

उनका अनुसार नगरपालिकाले निरन्तर सो कार्यक्रम आयोजना गर्दै आएको तर कोरोना महामारीले स्थगन भएको थियो । कार्यक्रममार्फत शिक्षकलाई सम्मानपत्र, मायाको चिनो तथा शिरमा टोपी लगाइदिएर सम्मान गरिने छ ।