close

कक्षा १ र २ का विद्यार्थीलाई गाउँपालिकाको झोला

कक्षा १ र २ का विद्यार्थीलाई गाउँपालिकाको झोला

Trulli
ADVERTISEMENT

सिरहा - नवराजपुर गाउँपालिकाले विद्यार्थीलाई झोला वितरण गर्ने भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ र २ मा अध्ययरनत विद्यार्थीलाई झोला वितरण गर्न लागेको हो । 

गाउँपालिकाको शिक्षा शाखा प्रमुख मुनेन्द्र यादवका अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत विद्यार्थीलाई झोला वितरण गर्न लागेको हो । विद्यार्थीहरुलाई शैक्षिक सामग्रीलाई सुरक्षित रुपमा राख्नका लागि झोला वितरण गर्न लागेको उनले पालिकाखबरलाई जानकारी दिए । 

झोला वितरण गरेसँगै शैक्षिक सामग्रीको सुरक्षित हुने र पठनपाठनमा सहज हुने उनले जानकारी दिए । गाउँपालिका क्षेत्रमा २० वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।