close

जनप्रतिनिधि र कर्मचारीको सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन

जनप्रतिनिधि र कर्मचारीको सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन

Trulli
ADVERTISEMENT

पाल्पा - रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने भएको छ । गाउँपालिकाको कार्यपालिकाको निर्णयानुसार आगामी शैक्षिक वर्षदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने भएको हो । 

गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईका अनुसार पालिकाभित्रको शैक्षिक गुणस्तरीयताको लागि सो निर्णय गरेको हो । पालिकाभित्रका शिक्षा गुणस्तरीय नभएको गुनासो बढेपछि सो निर्णय भएको उनले पालिकाखबरलाई सुनाए । 

जनप्रतिनिधि तथा कर्मचारीको सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अभिभावक सचेत हुने र सम्बन्धित निकायलाई झकझक्याउन सहज हुने उनको विश्वास छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किँदै जाँदा विद्यार्थीको संख्यासमेत कम हुँदै गएको उनले बताए । 

 उनका अनुसार पालिकाभित्र ६१ वटा सामुदायिक एउटा निजी विद्यालय सञ्चालनमा छ ।