close

करिब एक हजार पाँच सय विद्यार्थी पुरस्कृत

करिब एक हजार पाँच सय विद्यार्थी पुरस्कृत

Trulli
ADVERTISEMENT

म्याग्दी - राष्ट्रिय बालदिवसका अवसरमा म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा करिब एक हजार पाँच सय विद्यार्थी पुरस्कृत भएका छन् । 

राष्ट्रिय बालदिवस–२०८० का अवसरमा सामाजिक विकास कार्यालय र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दुई पालिकामा रहेका ६७ सामुदायिक विद्यालयमा विद्यालयस्तरका चार सय ११ प्रतियोगिता सम्पन्न भएको गुड नेवर्सका जिल्ला परियोजना संयोजक बुढाले जानकारी दिए । उनका अनुसार अन्य १३ वडामा वडास्तरीय ५२ प्रतियोगिता सम्पन्न गरेर एक हजार चार सय ३९ जना बालबालिका पुरस्कृत भएका छन् ।

धवलागिरि गाउँपालिकामा गल्स फष्ट फण्डले अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग गरेको थियो । बालदिवसका अवसरमा आयोजित प्रतियोगितामा तीन हजार पाँच सय बढी बालबालिकाको सहभागिता थियो । कार्यक्रममा बालविवाह न्यूनीकरणका विषयमा जनचेतनामूलक नाटक प्रदर्शन, विद्यालय र वडास्तरीय चित्रकला, निबन्ध लेखन, वक्तृत्वकला र मैत्रीपूण भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो ।