close

जगरनाथपुरका विद्यालयमा शौचालयदेखि शिक्षक व्यवस्थापनसम्म

जगरनाथपुरका विद्यालयमा शौचालयदेखि शिक्षक व्यवस्थापनसम्म

Trulli
ADVERTISEMENT

पर्सा - जगरनाथपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले पालिकाभित्रका शैक्षिक र भौतिक सुधारको लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको हो । 

गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवका अनुसार शैक्षिक संस्थाहरुमा शौचालय निर्माण, भवन निर्माण तथा शिक्षक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । उनले चालू आवमा अधिकांश शैक्षिक सुधार हुने पालिकाखबरलाई जानकारी दिए । 

उनका अनुसार पालिकाभित्र ३० वटा विद्यालयमा सञ्चालनमा रहेका छन् । शैक्षिक सुधारका लागि गाउँपालिकाले चालू आवमा ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए ।