close

राजनीतिक गतिविधिमा सहभागी हुँदै हुनुहुन्छ कारबाहीमा पर्ला नि

राजनीतिक गतिविधिमा सहभागी हुँदै हुनुहुन्छ कारबाहीमा पर्ला नि

Trulli
ADVERTISEMENT

स्याङजा - वालिङ नगरपालिकाका विद्यालयमा कार्यरत शिक्षक कुनै पनि राजनीतिक क्रियाकलापमा सहभागी हुन नपाउने भएको छ । नगरपालिकाको शिक्षा ऐन तथा शिक्षासम्बन्धि कार्यविधि रही शिक्षक राजनीतिक कार्यक्रम तथा गतिविधिमा संलग्न हुन रोक लगाएको हो । 

नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणका अनुसार शिक्षकहरु विद्यालयमा कक्षा सञ्चालन गर्न छोडी राजनीतिक गतिविधिमा सहभागी हुने गरेको गुनासो आएपछि सो निर्णय गरेको हो । नियमित रुपका कक्षा सञ्चालन गराउनका लागि र पठपाठनमा असरा नपार्नको लागि कार्यपालिका बैठकले सो निर्णय गरेको उनले पालिकाखरबलाई जानकारी दिए । 

नगरपालिकाको ऐन तथा कार्यविपरित राजनीतिक क्रियाकलापमा सहभागी भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने उनले बताए । उनका अनुसार पालिकाभित्र ७२ वटा सामुदायिक विद्यालयमा सञ्चालनमा रहेका छन् ।