close

दरबन्दीअनुसारको शिक्षक नहुँदा अनुदानमा शिक्षकको नाममा खर्च धेरै

दरबन्दीअनुसारको शिक्षक नहुँदा अनुदानमा शिक्षकको नाममा खर्च धेरै

Trulli
ADVERTISEMENT

नवलपरासी - विनयी त्रिवेणी गाउँपालिकाले विद्यालय शिक्षक र कर्मचारीको लागि मात्रै एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । यो गाउँपालिकाकाे चालू आर्थिक वर्ष २०८०/०८१ मा शिक्षा क्षेत्रमा विनियोजित रकममध्ये करिब ५० प्रतिशत हो । 

गाउँपालिकाको शिक्षा शाखा प्रमुख भूपराज पाण्डेका अनुसार गाउँपालिकाले चालू आवमा शिक्षाको लागि ३ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाभित्र सञ्चालित विद्यालयमा शिक्षक दरबन्दी अपुग भएकाले अनुदानमा व्यवस्थापन गरेको उनले बताए । 

अनुदानमा शिक्षकको व्यवस्थापन गरेकोले तलबमा बढी बजेट विनियोजन भएको उनले पालिकाखबरलाई सुनाए । गाउँपालिकाले बालविकासका शिक्षक तथा विद्यालयका कर्मचारीलाई ७ हजार रुपैयाँ थप गरेर पारिश्रमिक दिने गरेको उनले बताए । उनका अनुसार गाउँपालिकामा सञ्चालित ४२ वटा सामुदायिक विद्यालयमा १०० जना  शिक्षक तथा कर्मचारी कार्यरत छन् । 

बाँकी रकमबाट नियमित कार्यक्रम सञ्चालन गर्ने उनले सुनाए । उनका अनुसार बाँकी रकमबाट परीक्षा सञ्चालन, भौतिक संरचनाको निर्माण, स्टेशनरी तथा तालिमलगायतको कार्यक्रम सञ्चालन हुने छ ।