close

इटहरी उपमहानगरभित्रका ५० विद्यालयमा दिवा खाजा पकाएरै खुवाउनुपर्ने

इटहरी उपमहानगरभित्रका ५० विद्यालयमा दिवा खाजा पकाएरै खुवाउनुपर्ने

Trulli
ADVERTISEMENT

सुनसरी- इटहरी उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा अब दैनिक मेनुअनसार पकाएरै खुवाउनुपर्ने भएको छ ।इटहरी उपमहानगरपालिकाको युवा, खेलकुद विकास तथा शिक्षा विकास महाशाखाका प्रमुख फाल्गुनी प्रसाद काफ्लेका अनुसार ‘विद्यालय दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका-२०७६’ मा उल्लेखित व्यवस्थाअनुसार उपमहानगरपालिको खाजाको व्यवस्था गर्ने प्रक्रिया थालेको हो । 

उपमहानगरपालिकाले उक्त कार्यविधिअनुसारको निर्णय गरी दिवा खाजाको टेन्डरसमेत जारी गरिसकेको उपमहानगरपालिकाको खरिद शाखा प्रमुख जिवन घिमिरेले पालिकाखबरलाई बताए । उनका अनुसार टेन्डरको प्रक्रियाअन्तर्गत अहिले मुल्यांकनको काम भइरहेको छ ।  

उपमहानगरपालिकाको खरिद शाखाका अनुसार आइतबार प्रतिविद्यार्थी सिजनअनुसारका न्युनतम तीन किसिमका २१० ग्राम फलफूल खुवाउनुपर्नेछ । यस्तै, सोमबार भुटेको अण्डा र चिउरा खुवाउनुपर्नेछ । सोमबार साहाकारीका लागि मटरसँगै पनीर र चिउरा खुवाउनुपर्नेछ । मंगलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउपर्नेछ । बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ ।

विहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्नेछ । यस्तै, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । साहाकारीका लागि भने मटर–पनीर र चिउरा खुवाउनुपर्नेछ । 

दिवा खाजा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा नौं करोड ३२ लाख ६ हजार २० रुपैयाँ ८८ पैसा खर्च हुने उपमहानगरपालिकाले जनाएको छ । इटहरी उपमहानगरपालिकाभित्र ५० वटा विद्यालयका आठ हजार २८ विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुने उपमहानगरपालिकाको खरिद शाखाका खेम श्रेष्ठले पालिकाखबरलाई बताए ।