close

आफ्नै शाखाको बजेटबारे शाखा प्रमुख नै अनविज्ञ !

आफ्नै शाखाको बजेटबारे शाखा प्रमुख नै अनविज्ञ !

Trulli
ADVERTISEMENT

महोत्तरी - चालू आर्थिक वर्ष २०८०/०८१ सुरु भएको तीन महिना लागिसक्दा पनि पिपरा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राजकिशोर झा बजेटबारे अनविज्ञ छन् । चालू आवमा गाउँपालिकाले शाखाको लागि कति र के कार्यक्रमको लागि बजेट विनियोजन गर्यो भन्नेबारे थाहा  छैन । 

पालिकाखबरले शिक्षा शाखाका प्रमुख झालाई शिक्षाको गाउँपालिकाले चालू आवमा केके कार्यक्रम गर्दैछ ? भन्ने प्रश्न गर्दा उनले जवाफमा भने, ‘शिक्षाको लागि बजेट त विनियोजन भएको छ । तर कति भयो थाहा छैन । योजनाको किताब प्रिन्ट भएको छैन ।’ योजनाको किताब प्रिन्ट भएपछि मात्रै बजेट र योजनाबारे आफूलाई थाहा हुने उनले पालिकाखबरलाई बताए । 

गत आर्थिक वर्षमा बाल विकासका शिक्षकलाई तालिम सञ्चालन गरेको उनले बताए । तपाई भर्खरै पालिकामा सरुवा भएर जानु भएको हो र ? भन्ने दोहोरो प्रश्नको जवाफमा उनले भने, ‘म सरुवा भएको होइन् । हाम्रो हाकिमसाब सरुवा भएर जानु भएको हो ।’

नयाँ प्रमुख प्रशासकीय अधिकृत नआएसम्म किताबबारे निर्णय नहुने उनले बताए । नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि मात्रै काम सुरु हुने उनको भनाइ छ ।