close

शाखाका कर्मचारी: 'रेड बुक' हेरेपछि थाहा पाउँछन् याेजना

शाखाका कर्मचारी: 'रेड बुक' हेरेपछि थाहा पाउँछन् याेजना

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– तेमाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णराम घिमिरेलाई आफ्नाे शाखाकाे याेजनाबारे जानकारीका लागि राताे किताब नै अध्ययन गर्नुपर्ने हुन्छ । गाउँपालिकाले शिक्षाकाे लागि सञ्चालन गर्ने र गरेकाे कार्यक्रमबारे उनलाई माैखिक रुपमा कुनै जानकारी नै छैन।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रममा समेटिएकाे विद्यालय  ड्रप आउट अन्त्य गर्नका लागि  प्रोत्साहन गर्न विशेष प्याकेज सञ्चालन गर्ने भन्नेबारे थप जानकारीका लागि पालिकाखबरले उनीसँग सम्पर्क गर्दा राताे किताब हेर्नुपर्ने बताए । उनले भने, 'नीति तथा कार्यक्रममा उल्लेख भएपनि बजेट व्यवस्थापन भएकाे छैन । 

शिक्षा शाखामा अन्य के कस्ता कार्यक्रम यस आर्थिक वर्षमा सञ्चालन हुँदै छन् भन्ने विषयमा  सोध्दा उनले भने, ‘म कहाँ रेडबुक आइसकेको छैन । रेडबुक आइसकेपछि खबर गरौँला ।’  रेड बुक नहेरी आफूलाई शिक्षा शाखाको लागि के कस्ता कार्यक्रम रहेको जानकारी नभएको उनले बताए । 

गाउँपालिकाले शिक्षा क्षेत्रमा खासै धेरै बजेट नछुट्याएको उनले बताए । ‘शिक्षामा हाम्रो धेरै बजेट छैन । शिक्षकको तलबको लागि नगरपालिकाले बजेट छुट्याएको छ अरु खासै कार्यक्रम छैनन्,’ उनले भने ।

गत आर्थिक वर्षमा के कस्तो कार्यक्रम सञ्चालन भएको थियो भन्ने प्रश्नमा उनले भने, ‘त्यसको लागि गत आर्थिक वर्षको कार्यक्रम हेर्नुपर्छ ।’