close

६६ जना बाल विकास शिक्षकलाई मासिक तलबमा ७ हजार थप

६६ जना बाल विकास शिक्षकलाई मासिक तलबमा ७ हजार थप

Trulli
ADVERTISEMENT

नुवाकोट– बेलकोटगढी नगरपालिकाले आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने गरेको छ । पालिकाभित्र कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट हुने ५ जना विद्यार्थीलाई पुरस्कृत गर्ने गरेको हो । 

नगरपालिकाले आधारभूत तहमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः दश हजार, सात हजार र पाँच हजार तथा चौँथो र पाचौँ हुनेलाई तीन/तीन हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने शिक्षा शाखाका स्रोत व्यक्ति बद्रि शर्माले जानकारी दिए । उनको अनुसार नगरपालिकाले एसइई परिक्षामा पालिकाको उत्कृष्ट  विद्यार्थीलाई दश लाख उपलब्ध गराउने कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिएको छ । 

यस्तै, नगरपालिकाले बाल विकास शिक्षकहरुलाई सरकारले दिने १० हजारमा नगरपालिकाले ७ हजार थप गरेर मासिक १७ हजार रुपैयाँ उपलब्ध गराउने गरेको उनले बताए । ६६ जना बाल विकास शिक्षकलाई नगरपालिकाले तलब थप गर्ने गरेको उनले पालिकाखबरलाई सुनाए ।

विद्यालयका सहायक कर्मचारीलाई आठ हजार दिने गरेकोमा नगरपालिकाले थप गरेर उपलब्ध गराउने गरेको उनले जानकारी दिए । ‘राज्यले तलब कम दिएको छ । ७० देखि ८० लाखसम्म वार्षिक रुपमा कर्मचारीको तलब थप गर्ने पालिकाको रकम खर्च हुन्छ,’ उनले भने । 

आधारभुत तहका शिक्षकहरुलाई सुचना तथा सञ्चार मैत्री बनाउन हरेक वर्ष नगरपालिकाले आवासीय शैलीमा आईसीटी तालिम उपलब्ध गराउने गरेको समेत उनले जानकारी दिए ।