close

प्राथमिक तहको शिक्षकले माध्यमिक तहसम्म पढाउन बाध्य

प्राथमिक तहको शिक्षकले माध्यमिक तहसम्म पढाउन बाध्य

Trulli
ADVERTISEMENT

सिरहा- अर्नमा गाउँपालिकाभित्र सञ्चालित ४ माध्यमिक विद्यालयमा ६ जनामात्रै दरबन्दी शिक्षकले अध्यापन गराउँदै आएका छन् । 

गाउँपालिकाका अध्यक्ष अशोककुमार यादवका अनुसार माध्यमिक तहका दरबन्दी शिक्षकको अभाव भएपछि स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिएको छ । गाउँपालिकामा दरबन्दी शिक्षकको मिलान नभएपछि सो समस्या भएको उनले पालिकाखबरलाई जानकारी दिए । 

अहिले प्राथमिक तहका शिक्षकले माध्यमिक तहसम्म अध्यापन हुँदै आएको छ । सरकारले पुरानो शिक्षा विद्येयकलाई नै कार्यान्वयनमा गरेकोले गाउँपालिकाले शिक्षक दरबन्दीको समस्या भोग्नु परेको उनको गुनासो छ ।

शिक्षकको व्यवस्थापन गर्नका लागि गाउँपालिकाले २४ जना स्वयंसेवक शिक्षकको व्यवस्थापन गरेको उनको भनाइ छ । विद्यालयले आवश्यकता अनुसार विज्ञापन गरी सोही शिक्षकमार्फत अध्यापन गराउने र आवश्यक पारिश्रमिक गाउँपालिकाले व्यर्होने उनले बताए । 

उनले शिक्षाको लागि विद्यालयको भौतिक संरचनाको निर्माण, विपन्न परिवारको बालबालिकालाई छात्रवृत्तिको व्यवस्थापन गर्दै आएको बताए । उनका अनुसार गाउँपालिकामा १४ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।