close

मिथिलाका शिक्षक र कर्मचारीलाई एक करोड

मिथिलाका शिक्षक र कर्मचारीलाई एक करोड

Trulli
ADVERTISEMENT

धनुषा - मिथिला नगरपालिकाले बाल विकास केन्द्रका शिक्षकलाई ७ हजार रुपैयाँ थपेर पारिश्रमिक तलब वितरण गर्दै आएको छ । संघीय सरकारले केन्द्रलाई शिक्षकलाई दिने तलबभन्दा थप ७ हजार थपेर १७ हजार रुपैयाँ दिँदै आएको हो । 

नगरपालिकाको शिक्षा शाखाकी प्रमुख सीताकुमारी काफ्लेका अनुसार पालिकाभित्र ४३ वटा केन्द्रमा ४३ जना नै शिक्षक कार्यरत रहेका छन् । पालिकाभित्र केन्द्रका शिक्षक तथा सामुदायिक विद्यालयका कर्मचारीलाई समान पारिश्रमिक वितरण गर्दै आएको उनले पालिकाखबरलाई बताइन् । 

उनका अनुसार केन्द्रका शिक्षकलाई तलब बढाएसँगै शैक्षिक गुणस्तरीयतामासमेत वृद्धि भएको छ । साथै केन्द्रको भौतिक निर्माणका लागि सेतो गुराँस नामक संस्थाले सहयोग गर्दै आएको उनको भनाइ छ । केन्द्रको शैक्षिक गुणस्तीयतामा वृद्धिका साथै भौतिक अवस्थामा सुधार आएपछि स्थानीय बासिन्दाको आकर्षणसमेत बढेको उनको दावी छ । 

साथै नगरपालिकाले १४ जना शिक्षकको व्यवस्थापन गर्दै आएको छ । पाठ्यक्रममा कम्प्युटर पढाइ भएता पनि शिक्षकको व्यवस्थापन नभएपछि नगरपालिकाको स्रोतबाट व्यवस्थापन गरेको उनले सुनाइन् । नगरपालिकाले शिक्षक तथा कर्मचारीको पारिश्रमिकको लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताइन् ।