close

कक्षा १० सम्मका विद्यार्थीहरूलाई दिवा खाजा

कक्षा १० सम्मका विद्यार्थीहरूलाई दिवा खाजा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– बलेफी गाउँपालिकाले शिक्षा क्षेत्रको लागि विषेश कार्यक्रम ल्याउन सकेको छैन । गाउँपालिकाको आन्तरिक स्रोत राम्रो नभएकाले कार्यक्रमहरू ल्याउन नसकेको हो । 

पालिकाको आन्तरिक स्रोतबाट वार्षिक ३० देखि ३५ लाख रुपैयाँ मात्र आम्दानी हुने पालिकाका शिक्षा शाखा प्रमुख सल बहादुर पाण्डेले बताए। त्यसैले अत्यावश्यक बाहेकका कार्यक्रम ल्याउन नसकिएको उनको भनाई छ । 

गाउँपालिकाले सरकारले कक्षा ५ सम्म निःशुल्क दिवा खाजा उपलब्ध गराएको थप गरेर कक्षा ६ देखि १० सम्म दिवा खाजा उपलब्ध गराएको उनले पालिकाखबरलाई बताए । उनको अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई प्रति विद्यार्थी १५ रुपैयाँको दरले दिवा खाजा उपलब्ध गराइएको छ । यसको लागि गाउँपालिकाले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाले बाल विकास शिक्षक र करार शिक्षकहरुको तलब भत्ता पनि उपलब्ध गराएको छ । बाल विकास शिक्षकलाई सरकारले ९ हजार रुपैयाँ मासिक तलब दिने गरेकोमा गाउँपालिकाले थप गरेर १५ हजार रुपैयाँ उपलब्ध गराइरहेको उनले बताए । 

चालु आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाबाट शिक्षाको लागि करिब एक करोड रुपैयाँ विनियोजन भएको  शिक्षा शाखा प्रमुख पाण्डेले बताए ।