close

शैक्षिक गुणस्तरीयताको लागि कक्षागत शिक्षक

शैक्षिक गुणस्तरीयताको लागि कक्षागत शिक्षक

Trulli
ADVERTISEMENT

महोत्तरी - औरही नगरपालिकाले सामुदायिक विद्यालयको कक्षामा कक्षागत शिक्षक अनिवार्य गरेको छ । नगरपालिकाले पालिकाभित्रको शैक्षिक गुणस्तरीयताको लागि कक्षागत शिक्षक अनिवार्य गरेको हो । 

नगरपालिकाका नगरप्रमुख प्रदिप कुमार खड्काका अनुसार विद्यालय र विद्यार्थीको जानकारी पालिकामा राख्नुपर्ने भएकाले सो कक्षागत शिक्षक अनिवार्य गरेको हो । कक्षागत शिक्षकले विद्यार्थी तथा पढाइको बारेमा सम्पूर्ण जानकारी राख्नुपर्ने उनले पालिकाखबरलाई बताए ।

उनका अनुसार पालिकाभित्रको निम्न माध्यमिक तथा माध्यमिक विद्यालयमा अतिरिक्त खेलकुद तथा कम्प्युटर पढाईका लागि अनिवार्य रुपमा एक जना शिक्षक राख्नुपर्ने व्यवस्था गरेको छ । शिक्षकका लागि नगरपालिकाले आवश्यक खर्च व्यर्होने उनले बताए । उनका अनुसार नगरपालिकाभित्र १६ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । तीमध्ये १४ वटा विद्यालयमा बाल विकास कक्षाको सुदृढीकरणका लागि कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।