close

नमुना विद्यालय घोषणा गर्दै वृन्दावन

नमुना विद्यालय घोषणा गर्दै वृन्दावन

Trulli
ADVERTISEMENT

रौतहट - वृन्दावन नगरपालिकाले चालु आर्थिक वर्षमा नमुना विद्यालय घोषणा गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमध्येबाट एउटालाई नमुना विद्यालय घोषणा गर्न लागेको हो । 

नगरपालिकाका नगरप्रमुख बिनोदकुमार कुर्मीका अनुसार विद्यालयको आवश्यक पूर्वाधार तथा शैक्षिक गुणस्तरीयतामा सुधार गरी नमुना विद्यालय घोषणा गरिने छ । सोका लागि चालु आवमा नगरपालिका तथा संघीय सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई बताए । 

सोका लागि विद्यालय छनौटको प्रकृयामा रहेको उनले सुनाए । पालिकाभित्र सञ्चालित ६ वटा माध्यमिक विद्यालयबाट एउटा छनौट हुने उनको भनाइ छ । उनका अनुसार पालिकाभित्र २० वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । 

शैक्षिक गुणस्तरीयताको लागि नगरपालिकाले विद्यालयको भौतिक पूर्वाधार निर्माण, अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन तथा सीसीटीभी जडान गर्दै आएको उनले सुनाए । चालु आवमा शिक्षाको लागि नगरपालिकाले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।