close

छात्रवृत्तिमा डाक्टर र इन्जिनियरिङ पढ्नेले पालिकामै दुई वर्ष सेवा गर्नुपर्ने

छात्रवृत्तिमा डाक्टर र इन्जिनियरिङ पढ्नेले पालिकामै दुई वर्ष सेवा गर्नुपर्ने

Trulli
ADVERTISEMENT

नुवाकोट– ककनी गाउँपालिकाले डाक्टर र इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएकाे छ । पालिकाभित्रका स्थानीय बासिन्दामध्ये प्रत्येक वर्ष एक/ एक जना डाक्टर र इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएकाे हाे । 

सम्बन्धित विषयमा अध्ययनका लागि प्रवेश परीक्षा पास गरेका विद्यार्थीलाई गाउँपालिकाको कार्यविधिअनुसार छनौट गरी छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशव ज्ञवालीले बताए । गत वर्षबाट गरिब विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सुरु गरिएको उनले बताए । उनले पालिकाखबरसँग भने, ‘ डाक्टर र इन्जिनियर बनिसकेपछि २ वर्ष गाउँपालिकाभित्र नै रहेर काम गर्नुपर्ने हुन्छ ।’

यसबाहेक पालिकाले यस आर्थिक वर्षमा शिक्षक व्यवस्थापनको काम गर्ने उनले सुनाए । गाउँपालिकामा शैक्षिक सुधारको लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा एक करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।