close

चम्पादेवीको शिक्षा : खाजा भत्तादेखि विद्यार्थी डायरीसम्म

चम्पादेवीको शिक्षा : खाजा भत्तादेखि विद्यार्थी डायरीसम्म

Trulli
ADVERTISEMENT

ओखलढुंगा– चम्पादेवी गाउँपालिकाले विद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई पढाउने नीति लिएको छ । गाउँपालिकाले पालिकाअन्तर्गत गरेको सामुदायिक अध्ययन केन्द्रमार्फत अनौपचारीक शिक्षा प्रदान गराएको हो । 

विद्यालय उमेरका बीचमै बढाइ छाडेका बालबालिका र निरक्षर रहेका जुनसुकै उमेरका पालिकाबासीलाई सामुदायिक अध्ययन केन्द्रमार्फत पढाइएको पालिकाका शिक्षा शाखा प्रमुख रामजी दाहालले बताए । यस्तै माध्यमिक तहमा पढ्नलाई प्रोत्साहन गर्न पालिकाभित्रका अल्पसंख्यक समुदायका बालकालिकालाई खाजा भत्ता उपलब्ध गराइएको उनले बताए ।

उनले भने, ‘गाउँपालिकाभित्रका अल्पसङख्यक माझी र वादी जातीका माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थीलाई प्रतिदिन सय रुपैयाँको दरले खाजा भत्ता उपलब्ध गराउँछौँ ।’ गाउँपालिकाले कक्षा १ देखि ५ सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई गाउँपालिकाले पोसाक उपलब्ध गराएको बताए । 

गाउँपालिकाले शिक्षकहरुको सम्मानले शिक्षा क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने कुरालाई महशुस गरेर अवकास पाएका शिक्षकहरुलाई सम्मान समेत गर्ने गरेको बताए । उनको अनुसार अवकास प्राप्त गरेका शिक्षकलाई  कार्यक्रमको आयोजना गरी दौरा सुरुवाल लगाए सम्मान पत्र वितरण गरिन्छ । 

गाउँपालिकाले विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन पालिकाको उत्कृष्ट प्रधानाध्यापकलाई पुरष्कृत समेत गर्ने गरेको छ । पालिकाभित्रमा रहेका ४२ ओटा विद्यालयमध्ये कार्यमुल्यांकन गरे उत्कृष्ट ३/३ जना प्रधानाध्यापक, शिक्षक, लेखापाल, कार्यालय सहयोगीलाई पुरस्कृत गरिने शाखा प्रमुख दाहालले बताए ।

गाउँपालिकाले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको सक्रियता बढाउन विद्यार्थी डायरी समेत वितरण गरेको उनले बताए । शिक्षकहरुले गृहकार्य दिने र विद्यार्थीले गृहकार्य गरिसकेपछी अभिभावकले डायरीमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । विद्यार्थी हेरेर शिक्षक र अभिभावकको सकृयता थाहा हुन्छ,’ विद्यार्थी डायरीको गाउँपालिकाले समय समयमा अनुगमन र मुल्यांकन गर्ने गरेको उनले बताए । 

चम्पादेवी गाउँपालिकाले चालु आर्थिक वर्षको लागि १ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेर शैक्षिक क्षेत्रको सुधारको काम गरिरहेको शिक्षा शाखा प्रमुख रामजी दाहालले बताए ।